राशिफल, वि.सं. २०७९ साल असार ३१ गते शुक्रवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ आषाढ ३१ गते शुक्रवार तदनुसार ई. सं. २०२२ जुलाई १५ तारिख, नल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं.

११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४३, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१३ बजे र सूर्यास्त : साँझ ०६:५० बजे, चन्द्रास्त : बिहान ०६:३२ बजे र चन्द्रोदय : साँझ ०७:५२ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१९ बजे र सूर्यास्त : साँझ ०७:०० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय :

बिहान ०५:२४ बजे र सूर्यास्त : साँझ ०७:०७ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३७ बजे र सूर्यास्त : साँझ ०७:२३ बजे, श्रावण कृष्णपक्ष (दिल्लागा) द्वितीया तिथि, बेलुका ०७:३९ बजेसम्म, त्यसपछि तृतीया तिथि, श्रवण नक्षत्र, बेलुका ०९:१० बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), विष्कुम्भ योग, बिहान ०७:४१ बजेसम्म, त्यसपछि प्रीति योग भोलि बिहान ०४:५२

बजेसम्म, अन्तिममा आयुष्मान् योग (योग टुटेको दिन), सुरुमा तैतिल करण बिहान ०८:४६ बजेसम्म, त्यसपछि गर करण बेलुका ०७:३९ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : धूम्र, चन्द्रवणर् : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : उत्तर (बेलुका ०७:३९ बजेसम्म), त्यसपछि आग्नेय, वारशूल : पश्चिम, धनिष्ठा पञ्चक/सरुन प्रारम्भ (मध्यरात्रीपछि ०८:२८ बजे), वाणपञ्चकमध्ये मृत्यु वाण :

बिहान ०८:३७ बजेसम्म त्यसपछि अग्नि वाण, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य,आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), अन्नप्राशन (पास्नी), चूडाकर्म (छेवर), कणर्वेध (कान छेड्ने), अक्षरारम्भ, शिलान्यास (सामान्य), द्रव्यप्रयोग, द्वारचक्र, फणिचक्र

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- ३२ गते : असार महिनाको अन्तिम दिन, आषाढ मसान्त, नयाँ आर्थिक कारोबारका लागि खाता पूजा गर्न उपयुक्त साइत दिनको ०८:०५ बजे, श्री प्राणनाथ जीको धामगमन (कृष्ण प्रणामीहरूको पर्व), मुहूर्त :

द्रव्यप्रयोग, ०१ गते : श्रावण सङ्क्रान्ति, साउने सँग्राती, दक्षिणायन प्रारम्भ, कण्डारक पूजा, लुतो फाल्ने दिन, थारु गुरिया पर्व, बैतडी विश्वनाथ मन्दिरमा बनारसी साउने मेला सुरु, वर्षा ऋतु प्रारम्भ, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), वास्तु मुहूर्त. ०२ गते :

श्रावणी सोमवारको व्रत प्रारम्भ, सोह्र सोमवारको व्रत थालनी गर्ने दिन, वितक कथा प्रारम्भ – कृष्ण प्रणामीहरूका निमित्त, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), दीक्षा ग्रहण (द्रष्टव्य : मृत्युवाण विचार गरी कार्य गर्ने)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । जीवनशैली र कार्यप्रणालीमा आएको परिवर्तनले सकारात्मक वातावरण बन्नेछ । फोन वा मेलमार्फत कुनै राम्रो समाचार पाउन सक्नुहुन्छ । कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ ।

आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क १, शुभ रङ रातो/सेतो र शुभ दिशा दक्षिण रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ स्थानदेवताभ्यो नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सामाजिक र परोपकारी काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने समय हो । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ ।

आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमो नारायणाय यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने बाध्यता हुनेछ, तापनि प्रयत्न गर्दा लाभमूलक क्षेत्रको पहिचान गर्न सकिने छ । त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको शङ्का र गुनासो बढ्ने गर्दछ । मनको बोझ दबाएर राख्ने परिस्थिति छ, कुनै समस्या छ भने अभिभावक वा सिनियर्सलाई बताएमा निकास पाउन सकिन्छ । धार्मिक स्थलको यात्राबाट शान्ति प्राप्त हुनेछ ।

आज १५ प्रतिशत भाग्यबल रहेको दिन हो आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो र शुभ दिशा उत्तर रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वमृत्युनिवारकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा पनि लिन सकिन्छ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनुपर्छ । आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भइने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । छोराछोरीले मनको कुरो बुझ्नेछन् । मन रमणीयता र भावुकतातर्फ आकर्षित बन्ने हुँदा कुनै महत्त्वपूणर् पाठमा कमजोरी र कसर देखिने डर देखिन्छ । 

आज ९५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ७, शुभ रङ रङ्गीबिरङ्गी/छिरबिरे र शुभ दिशा पश्चिम रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ु११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रकृतिमा समय बिताउँदा छटपटी र निराशा हट्नेछ । आफन्तको चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, तर धनसम्पत्ति र सुखसुविधा साधनमात्र हुन् । कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । स्वास्थ्यगत कमजोरीले रोमान्टिक जीवन प्रभावित बन्नसक्छ, तर पनि आत्मबल कायम रहनाले मन प्रसन्न रहनेछ ।

आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वरोगहराय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

तालिम, सेमिनार वा ज्ञान बढाउने विषयमा सरिक हुने र विशेष ज्ञान लिने समय छ । उता घरमा छोराछोरीका माध्यमबाट प्रसन्नता प्राप्त हुने दिन हो । आफ्नो कल्पना र भावना साकार हुने दिन हो । आफ्ना कुरा थोपर्नेमात्र होइन, लवमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिने छ । अवरुद्ध कार्यलाई पूरा गर्न पाउँदा अपार आनन्दको अनुभूति हुनेछ, तर स्वास्थ्यमा सामान्य प्रभाव पर्ने दिन हो, आवश्यक भए चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ ।

आज ५५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शारदादेव्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

दिन हो, आवश्यक भए चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ । आज ५५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शारदादेव्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । घरबाहिर हुनुहुन्छ भने मन मिल्ने साथीलाई बताउनु ठीक हुन्छ । अरुको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ, पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला, त्यस्तै गोपनीयता बाहिरिनाले समस्यामा पर्न सकिन्छ ।

आज ५० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ४, शुभ रङ घिउ रङ र शुभ दिशा उत्तर रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चं चन्द्रमसे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ । घरजग्गाको खरिदबिक्री वा स्थिर प्रयोजनमा धनलगानीको समय हो, घरबाट कुनै धार्मिक वा माङ्गलिक कर्मसम्बन्धी समाचार आउने छ । कारोबारमा खटेअनुसार फल प्राप्त हुनाले आत्मविश्वास बढ्ने समय हो । रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङ जस्ता क्षेत्रमा बढी लाभ हुनेछ ।

आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ३, शुभ रङ सिम्रिक रातो र शुभ दिशा पश्चिम रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सामाजिक गतिविधिमा खट्ने दिन हो, धार्मिक वा सांस्कृतिक काममा सहभागी बन्नाले प्रतिष्ठा र पहिचान प्राप्त हुनेछ । अचानक कुनै यात्राको योजना बन्नसक्छ, तर त्यसबाट पनि लाभ उठाउन सकिने छ । गरेका अठोट र लिइएका निणर्यहरूमा सफलता मिल्नेछ । मन फुरुङ्ग र हलुका हुने सुन्दर दिन छ, तथापि आजको कुनै पलमा तपाईं सामान्यभन्दा बढी कठोर भएको महसुस गर्न सक्नुहुन्छ ।

आज ४० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो र शुभ दिशा दक्षिण रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अवसरको खोजी गर्ने दिन हो, अझ प्रतिष्ठित शैक्षिक संस्थान वा विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ । आफ्ना सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने समय आएको छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत हुने दिन हो । विपरीत परिस्थितिलाई कुशलतापूर्वक झेल्नसक्ने सामर्थ्य र आत्मविश्वासको विकास हुनेछ।पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ । 

आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजी र शुभ दिशा पूर्व रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भास्कराय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पठनपाठनप्रति ध्यान केन्द्रित हुँदैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ । हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । गरेका प्रयास र उद्यममा अलिबढी सङघर्ष र चुनौती झेल्नुपर्ने हुन्छ । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ ।

आज २५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमः शिवाय यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कार्यक्षेत्रमा गोप्य शत्रुहरूबाट सजग रहनुपर्ने समय हो । त्यस्ता व्यक्ति तपाईंका अन्तरङ्ग साथीका रूपमा पनि हुनसक्छन् । नयाँ रोजगारीका लागि प्रयासरत हुनुहुन्छ भने केही शुभ समाचार आउनसक्छ । जोखिम मोलेर गरेको कुनै कामबाट लाभ पाउन सकिने छ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका कतिपय विषयवस्तुलाई समेत पुनः प्राप्त गर्न सकिने छ । आफन्त वा बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । जिम्मेबारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् ।

आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क २, शुभ रङ रङ्गीबिरङ्गी/छिरबिरे र शुभ दिशा पश्चिम रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वैभवलक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post