तारा एयर दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका सात जनाको बिहीबार अन्तिम संस्कार गरिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****
गत आइतबार पोखराबाट जोमसोम जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ, राजन गोले, इन्द्रबहादुर गोले, राममाया गोले, पुरुषोत्तम गोले र तुलसादेवी तामाङको मृत्यु भएको थियो ।
शवको पोस्टमार्टम् सकिएपछि बिहीबार टिचिङ अस्पतालबाट आफन्तलाई शव हस्तान्तरण गरिएको थियो । शव हस्तान्तरण गरेलगत्तै मृतकको अन्तिम संस्कार गरिएको हो ।स्व
यम्भूमा गरिएको अन्तिम संस्कारमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुगेर पार्टीको धनुषा जिल्ला कमिटीका सदस्य रहेका राजन गोलेको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****