अछाममा किशोर मृत फेला परेपछि तनाव: प्रहरीको गाडी तथा कार्यालयमा तोडफोड

अछामको पंचदेवल विनायक नगरपालिका–४ मा १७ वर्षीय विनोद शाही मृत फेला परेपछि तनाव उत्पन्न भएको छ । जेठ १७ गते बेपत्ता भएका शाही ।  

शनिबार बिहान मृत फेला परेपछि तनाव उत्पन्न भएको हो ।स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएपछि शाही बेपत्ता भएका थिए । आज शाही मृत फेला परेपछि तनाव उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई हत्या आरोप लगाएपछि विनायक क्षेत्रमा तनावग्रस्त अवस्था सिर्जना भएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए ।

प्रहरीको गाडी र इलाका प्रहरी कार्यालयमा समेत तोडफोड भएको उनले बताए । प्रदर्शनकारीहरुले सडकमा टायर बाल्दै नाराबाजी समेत गर्न थालेका छन् ।

केही दिनअघि पनि कालिकास्थनमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो। प्रदर्शनकारीले नाराबाजी गर्दै सडकमा टायर बालेका छन्।अवस्था सामान्य बन्न सकेको छेन ।

Post a Comment

Previous Post Next Post