आमाको मृत्युपछि पाँच जना छोरा–छोरीको यस्तो विचल्ली

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–११ रोवा गाउँका पाँच जना बालबालिकाहरु बेसहारा भएका छन् । गत पुस १५ गते उपचारका क्रममा जिल्ला अस्पताल मुगुमा।

आमा काली दमाईको २८ वर्षको उमेरमै मृत्यु भएपछि उनकी पाँच जना छोराछोरीहरुको विचल्ली भएको हो ।श्रीमतीको मृत्युपछि ४० वर्षीय श्रीमान जसरखर दमाईले दोस्रो विवाह गरेर भारत भासिएपछि उनीहरुको झन विचल्ली भएको हो ।

बेसहारा बनेका १३ वर्षीय विसाल, ९ वर्षीया अस्मिता, ६ वर्षीय नरेश, ४ वर्षीया पार्वती र १८ महिनाका श्रीखण्डलाई हजुरबुबाले जेनतेन स्याहारसुसार गर्दै आएका छन् 

।हजुरबुबाले गाउँमा मागेर ल्याएको चामल र पीठोले जसोतसो उनीहरु बाँचिरहेका छन् । कहिलेकाँकी भोकै पनि सुत्ने गरेका छन् । श्रीमतीको मृत्युपछि जसरखरले दोस्रो विवाह गरेर छोराछोरीलाई छाडेर भारत पलायन भएका हजुरबुबा हरियो दमाई बताउँछन ।

घरमा कमाउने कोही नभएका कारण उनीहरूलाई विहान–बेलुकीको छाक टार्नसमेत मुस्किल परेको छ । हजुरबुबा हरियो दमका रोगी छन् । उनी टाढा–टाढासम्म हिडडुल गर्न सक्दैनन् । स–साना बालबच्चाको पेट कसरी भर्ने भन्ने चिन्ताले हजुरबुबा हरियो दमाईलाई सताइरहन्छ ।

विद्यालयमा पढ्नका लागि अति आवश्यक पाठ्यपुस्तक र कापी–कलमसमेत नहुँदा उनीहरू स्कूल जानबाट पनि बञ्चित बनेका फुपू जौमती नेपालीले बताइन् ।

तीन लाख ऋण गरेर उपचार गर्न काठमाडौं पुर्याएपनि बुहारी गुमाउनु परेको उनले पीडा सुनाइन् ।दमाईको सम्पत्तिको नाममा दुई हलको पाखोबारी छ । घरमा काम गर्ने मान्छे कोही नभएपछि त्यो पाखोपनि बाँझिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post