रामकुमारीको त्यो हाँसो, र यो आँसु कति फरक ( हेर्नुस )

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले सहरी विकास मन्त्रीका रुपमा ८ महिना २० दिन काम गरिन् । आइतबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटबारे उठेको प्रश्नको जवाफ दिएपछि उनले मन्त्रालयबाट विदा लिइन् ।

त्यसको केहीबेरमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरे, जसमा एकीकृत समाजवा दीको सिफारिस अनुसार झाँक्रीको ठाउँमा मेटमणि चौधरी सहरी विकासमन्त्री बनेका छन् । झाँक्री २२ असोजमा मन्त्री बनेकी थिइन् ।

पदभार सम्हाल्दा देखिएको खुसी

विद्यार्थी राजनीति गर्दै नेकपा एमालेको केन्द्रीय राजनी ति मा पुगेकी झाँक्री २०७४ मा समानुपा तिक निर्वाचन पद्धति बाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । यो अवधिमा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्यो, संसद विघटनको विवादमा फुट्यो ।सर्वोेच्च अदालतले २३ फागुन २०७८ मा नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र पुनर्स्थापित गर्‍यो, तर एमाले सहज रुपमा अघि बढ्न सकेन ।

माधवकुमार नेपालले २ भदौ २०७९ मा एकीकृत समाज वादी पार्टी बनाउँदा रामकुमारीले पनि साथ दिइन् । पार्टी सचिव बनेकी उनी मन्त्री पनि भइन् । सहरी विकासमन्त्री को सपथ लिएर पदभार सम्हाल्दै गर्दा निकै खुसी देखिए की थिइन् ।झण्डै ९ महिनाको अवधिमा उनले दीर्घकालसम्म प्रभाव पार्ने नीतिगत काम गरेको दाबी गरेकी छन् ।

मन्त्रालयका निमित्त सचिव पदमराज मैनालीले झाँक्री जतिको मन्त्री पाउन गाह्रो हुने बताए । विषयको जान कारी नभई शहरी विकासको नेतृत्व गर्न नसक्ने भन्दै उनले भने, ‘यो सेक्टरमा इन्ट्री गरेर टर्मिनोलोजीहरुबाट छिर्न मोटिभेट नभई लिड गर्न गाह्रो हुन्छ । मन्त्रीज्यूले ठ्याक्कै लिड गर्नु थाल्नुभएको थियो ।

झाँक्रीले क्याडर्सहरुले प्रयोग गर्ने भाषा बोल्न थालिसकेको भन्दै उनले भने, ‘यत्तिको सक्रिय मन्त्री पाउन चाहिँ गाह्रै हुन्छ ।’ मन्त्रालयको कर्मचारीहरुले जनताको भाषा बोल्ने मन्त्री खोजेको र रामकुमारीले त्यही गरेको भन्दै उनले भने, अब ६–८ महिना मन्त्रीज्यू बस्नुभयो भने उहाँले चाहिँ हामीलाई सिकाउनुहुन्छ ।

विदाइमा गहभरि आँसु

मन्त्री झाँक्रीका अनुसार गत चैतमा नै मन्त्री हेरफेरका लागि कसरत सुरु भएको थियो । पार्टीकै सांसदहरुले महिना गन्न थालेपछि उनीहरुले पार्टी अध्यक्षलाई भेटेर सरकारबाट फिर्ता बोलाउनुअघि जानकारी दिन आग्रह गरेका थिए । ‘मिडियाबाट थाहा भयो भने रमाइलो हुन्न । पूर्वजानकारी भयो भने वातवरण बनाउँछौं भनेका थियौं,’ त्यो सम्वाद स्मरण गर्दै उनले भनिन् ।

वैशाख ३० मा स्थानीय चुनाव भयो । मत गणना सकिए लगत्तै एकीकृत समाजवादीले चुनावी समीक्षाका लागि बैठक बोलायो । २२ जेठमा बसेको सचिवालय बैठकले एकाएक मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गर्‍यो । अनि, रामकुमारीहरुले जे नहोस् भनेका थिए, त्यही भयो । फिर्ता बोलाएको सूचना मिडियाबाटै थाहा पाए ।

त्यसपछि पनि आफूले बनाएको बजेटको बचाउ गर्न पाउँ भनेर नेतृत्वलाई भनेको उनले सुनाइन् । त्यसअनुसार प्रधा नमन्त्रीसँग कुरा गरेको भन्दै झाँक्रीले भनिन्, ‘आफू ले गरेको सांसदमा काम भन्न र स्थापित गर्न पनि रहर थियो ।’

तर एकीकृत समाजवादीले यति धेरै दबाव दियो कि बजेट पास हुँदासम्म उनीहरु मन्त्री रहने अवस्था भएन । शनिबार एकीकृत समाजवादीले अब पर्खिन नसक्ने निर्णय गरेपछि आइतबार नै मन्त्रीहरुले राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिए र हतारहतार गर्दै मन्त्रालयबाट विदा भए ।

शहरी विकास मन्त्रालयले ‘पत्रकार सम्मेलन र फेरि भेटौंला’ कार्यक्रम राखेको थियो, तर आधा घण्टाभन्दा लामो कार्यक्रम अवधिभर झाँक्री निकै भावुक भइन् । सुरुमा उनले आँसु लुकाउन खोजेकी थिइन्, तर आफैंलाई सम्हाल्न सकिनन् ।

पार्टी अध्यक्ष, प्रधानमन्त्री र मन्त्रालयको टिमलाई धन्यवाद दिएपछि उनले प्रश्न लिन खोजिन् । पत्रकारले ‘पदभार ग्रहण गर्दा खुसी देखिएकी तपाई आज धेरै भावुक हुनुभयो ।

मैले चाहे अनुसार काम गर्न पाइनँ भन्ने लागेको छ’ भनेर प्रश्न गरेपछि उनले बरर आँसु झरिन् उनले ‘अलि रिस उठ्ने प्रश्न गर्नुस्, त्यसो भयो भने बोल्न सक्छु’ भन्दै ठट्टा गरिन् । आँसु रोक्न सकिनन् ।

पटकपटक प्रयास गर्दा पनि बोल्न नसकेपछि उनले भोलि आफ्ना धारणा लिखित रुपमै राख्छु भन्दै विदा भइन् । उनले इमोसनल भएर नै प्रश्नलाई पन्छाउन खोजेको भन्दै अन्यथा नलिन आग्रह गरिन् ।

Post a Comment

Previous Post Next Post