इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल ७ औं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७८ बाट सम्मानित...

कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष तथा कृष्ण कंडेल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ७ औं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७८ बाट सम्मानित भएका छन् ।

सेवा, सन्देश र मनोरञ्जनका साथ निरन्तर अगाडी बढिरहेको इन्द्रेणी कार्यक्रममा सञ्चालक कंडेल सम्मानित भएका हुन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पदाधिकारी, केन्द्रिय सदस्य तथा पुर्व अध्यक्षहरु इन्द्रेणी स्टुडियोमा आई सम्मानित गरेका हुन ।

सम्मान कार्यक्रममा प्रष्ठिानका अध्यक्ष रमेश विजी, पूर्व अध्यक्षहरु दुर्गा रायमाझी, चन्द्र शर्मा, निर्वतमान अध्यक्ष बद्रि पंगेनी, वरिष्ठ उपाध्यक्ष रिता थापा, महिला उपाध्यक्ष राधिका हमाल, महासचिव शिव हमाल, सचिव जीवन दाहाललगायत केन्द्रीय सदस्यहरुको समभागिता भएको हो ।

उपत्याका समन्वय समितिका अध्यक्ष सुजन लम्साल र सचिव रामु खड्काको समेत विशेष सहभागिता भएको हो । कार्यक्रममा ७ औं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७८ मा इन्द्रेणी परिवारले पु¥याएको योगदानको उच्च मुल्याङकन गदैं सम्मान गरिएको हो ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post