नेपालीमा उखान छनी ८/१२ फाप्दैन है भन्ने अहिले मोटरसाईकल चोरी गर्ने एउटा समुहलाई त्यस्तै भएको छ ।झापामा मोटरसाइकल चोरी घटनामा संलग्न दुई नाबालकसहित ८ जना पक्राउ परेका छन् ।
झापा प्रहरीले झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको आरोपमा १२ मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-५ निवासी १८ वर्षीय करण मण्डल, बिर्तामोड-३ निवासी १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा नगरपालिका-८ निवासी १८ वर्षीय समीर मियाँ, आहिल ग्यारेजका सञ्चालक सप्तरी जिल्ला टिकुली-५ निवासी १७ वर्षीय करण महमद, गौरीगञ्ज गाउँपालिका-५ निवासी १८ वर्षीय ओमप्रकाश यादव, इलाम जिल्ला चुलाचुली घर बताउने १८ वर्षीय राहुल श्रेष्ठ रहेको
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।घटनामा संलग्न १४ र १५ वर्ष उमेरका दुई जना नाबालक रहेको उहाँले बताउनुभयो । बिर्तामोडमा मोटरसाइकल चोरीका घटना बढेसँगै जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले सूक्ष्म रुपमा खोजतलास गरिरहेको थियो ।
सोही क्रममा हिजो बुधवार अर्जुनधारा-८ कदमगाछीस्थित अशोक विहारीको घर र अर्जुनधारा-१० स्थित विमल हुमागाईँको घरको सटरमा ग्यारेज सञ्चालन गर्ने सप्तरी टिकुली ५ घर भएका
करण महमदको मोटरसाइकल ग्यारेजबाट ६ वटा, जिल्लाका अन्य स्थानबाट ५ वटा र इलामबाट एउटा गरी चोरी भएका १२ वटा मोटरसाइकल बरामद गर्न प्रहरी सफल भएको डिएसपी पाठकले बताउनुभयो ।