बच्चा जन्माउन भर्ना गरेर श्रीमान खाना खान जाँदा गर्भवती बेपत्ता भए पछि ....

राजधानीको एक अस्पतालमा देखा परेको घटनाले सबैलाई हैरान बनाएको छ । त्यहाँ लापरवाही भएको ठूलो घटना बाहिर आएको हो ।

भारतको राजधानी दिल्लीस्थित लालबहादुर शास्त्री अस्पतालमा भर्ना भएकी एक गर्भवती महिला आज (बिहीबार) बिहान बेपत्ता भएकी हुन् ।परिवारले विगत केही घण्टादेखि महिलाको खोजी गरिरहेको भएपनि सुत्केरीबारे कुनै पत्तो नपाएपछि प्रहरीसँग सहयोग माग्यो ।

पूर्वी दिल्लीको लाल बहादुर शास्त्री अस्पतालमा भर्ना भएकी गर्भवती महिला अचानक बेपत्ता भएपछि त्रास फैलिएको छ ।महिलाका पति विनोदका अनुसार उनकी श्रीमती रजनी ५ महिनाकी गर्भवती थिइन् । उनको स्वास्थ्य बुधबार बिहान अचानक बिग्रियो । त्यसपछि उनलाई लालबहादुर शास्त्री अस्पतालमा भर्ना गरियो ।

साझ करिब ५ बजे विनोद र उनकी भतीजी खाना खान गए, फर्केर आउँदा बिरामी हराइरहेको देखेका हुन् ।लामो समयसम्म अस्पतालमा खोज्दा, चिकित्सक र अस्पतालका कर्मचारीलाई सोध्दा कुनै जवाफ मिलेन् । अस्पतालमा भर्ना भएकी महिला ८ घण्टासम्म नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

त्यसपछि प्रहरीले महिला कसरी बेपत्ता भइन भनेर अनुसन्धान थालेको छ । यस विषयमा अस्पताल प्रशासनसँग कुरा गर्ने प्रयास गर्दा सबैले आफ्नो जिम्मेवारीबाट पन्छिन् खोजे, उनीहरु केही बोल्न मानेका छैनन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post