
बाँकेको कोहलपुर नगरपालिका– १५ अक्कलघरुवामा रोकिराखेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको बुधबार राति मृत्यु भएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
सडक छेउमा रोकिराखेको भे १ त ८९७६ नम्बरको ट्याक्टरमा गएराति साढे ११ बजे भे ४ प १०३३ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक बाँकेको खजुरा गाउँपालिका– ५ का ३३ वर्षीय सुमन शर्माको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ । ट्याक्टरसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****