३५ वर्षीय राकेश नगरकोटीलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।उनका अनुसार बुधबार नगरकोटीले सोही नगरपालिका-५
स्थित कोलमोतेश्वर मन्दिर नजिकबाट ४० वर्षीया महिलाले गलामा लगाएको सुनको सिक्री लुटेका थिए। उनीहरूले महिलाको गलाबाट तानेर लुटेर भागेका थिए।
उक्त सिक्री झन्डै डेढ तोलाको भएको प्रहरी उपरीक्षक मैनालीले बताए। प्रहरी वृत्त बौद्दले उनीमाथि डाँका चोरी कसूरमा अनुसन्धान गरिरहेको जनाएको छ।