काठमाडौंको मुल सडकको अग्लो रुखमा युवा झु,ण्डिएको अवस्थामा फे,ला

राजधानी काठमाडौंको मुल सडकको अग्लो रुखमा एक जना युवा झुण्डिएको अवस्थामा फेला परेका छन् ।काठमाडौंको तारकेश्वर नगरपालिका ढकाल ड्राइभिङ।

अगाडिको रुखमा युवा झुण्डिएको अवस्थामा देखिएको हो ।अहिले प्रहरी घटनास्थल पुगेको छ । त्यहाँ रुखबाट शवलाई निकाल्ने प्रयास भइरहेको छ । तल निकालेपछि मात्र मृतक युवा को हुन् भन्ने पहिचान खुल्नेछ ।

अहिले प्रहरीले शव निकाल्ने काम गरिरहेको छ । वरिपरि मानिसहरुको भीड लागेको छ ।

यो पनि पढ्नुहोस्। देशभर भारी बर्षा भइरहेको छ । जुनसुकै नदीमा उच्च बाढी आइरहेको छ ।यही बेला भारतले धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलिदिएको छ । बाँधको ढोका खोल्दा महाकाली नदीमा बाढीको सतह उच्च बनेको छ ।

तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरेको छ । अहिले खोला किनारका बजारहरुमा माइकिङ्ग भइरहेको छ ।

भारतको पिथौरागढस्थित धौलीगंगा पावर स्टेशनले आज बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने जानकारी दिन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको थियो ।

पत्रमा लेखिएअनुसार विद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लशिङ्ग हुने र सो कामका लागि आज बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने उल्लेख छ ।

त्यसैले जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै बाँधको ढोका खोलिंदा जलसतह बढ्ने र क्षति पुग्न सक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनेको हो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post