विष्णुमाया र नाम्गेल उस्तै-उस्तै केसमा फसे, कती समय जेल बस्छन ?

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चेक अनादर विगो मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको चौरी देउराली गाउँपालिका -९ घर भई ललितपुरको पुल्चोक बस्‍ने ४९ वर्षीय नाम्गेल दोर्जे लामा रहेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बालुवाटारबाट पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतले २०७७ माघ २५ गते उनीविरुद्ध चेक अनादर विगो मुद्दामा १ करोड २० लाख र चेक जारी भएको मितिदेखि भरीभराउ मितिसम्‍म कानुन बमोजिम ब्‍याज दिने ठहर गरेकोमा उक्त विगो नभराइ फरार भएपछि २ वर्ष थुनामा राख्‍ने फैसला सुनाएको थियो । तर उनी फरार भएका थिए । पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

फरार महिला टेकुबाट पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका -५ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका -८ बस्‍ने ४२ वर्षीया विष्णुमाया योञ्जन रहेकी छिन् ।

उनलाई सीआईबीको टोलीले काठमाडौंको टेकुबाट पक्राउ गरेको हो । उच्च अदालत पाटनले उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र ७ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै योञ्जनले २०७७ साल फागुन १३ गते पीडितलाई रकम भुक्तानी गर्नका लागि एनएमबी बैंक लिमिटेडको चेक काटेका थिए । पक्राउ परेका उनीलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्‍यूरोले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post