आइतबारबाट सम्पर्कविहीन बनेको तारा एयरको विमान पहाडमा ठो”क्कि एर टु क्राटु क्रा भएको अवस्थामा भेटिएको छ ।
पोखराबाट जोमसोमको लागि आइतबार विहान ९ः५५ बजे उडेको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दु”र्घटनाग्रस्त अवस्थामा फेला परेको हो । आइतबार दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो ।
तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको हो ।
सोमबार बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।विमानमा एयरहोस्टेज क्रिस्मी थापा पनि थिइन् ।विमान हराएपछि थापाकी सहकर्मीहरु उनलाई सम्झिरहेकी छन् ।
सहकर्मीहरुका अनुसार एयरहोस्टेज थापा मिलनसार हुनुको साथै अनुशासित पनि थिइन् ।जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले,
आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए ।
दु”र्घटनाग्रस्त जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार थिए । पुरा जानकारीको लागि
भिडियो हेरेर थाहा पाउनुहोस..