गायिका दिलमाया सुनारको भावुक ‘सुसाइड नोट’ : मसित थोरै सुन छ, बेचेर मेरो छोरालाई दिनू

लोकदोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छिन् । काठमाडौंको तारकेश्वर-११ नेपाल टारस्थित डेरामा उनी शनिबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति दिलमायाले फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् । त्यस मा उनले आफ्नो मृत्युमा कसैलाई दोष नदिनु भनेकी छन् ।

यस्तो छ उनले लेखेको नोट

नमस्कार सबै जनामा मिठो सम्झना छ । जिन्दगीमा उचार चढाव धेरै भोगेँ । तर जब म जान्ने भए अनि म एक्लो भएँ । कसैको माया माया पाउन जति कोसिस गरे पनि सकिनँ । तर पनि हार खाइनँ । तर ऐले धेरै गाह्रो भयो । म बाचेर पनि दिनदिनै मर्न सकिनँ ।

आमा तिम्री छोरी धेरै थाकिछे । जिन्दगीको मोडमा धेरै अप्ठेरा आए । पार पनि गरेँ । जसलाई राम्रो गर्छु भने पनि भएन । म कहाँ जाऊ आमा ? दु:ख पोख्न माइती आउँ भने तिमीलाई सबै कुरा थाहा छ ।

म भित्रभित्रै मरेर बाचेछु । आमा म नभएर के भो त चार बहिनी छोरी छन् । मन बुजाउनू । नरुनू । छोरा तिमीलाई धेरै पढाउन मन र ठूलो मान्छे बनाउन मन थियो । सकिनँ ।

तिमी जसरी भए पनि ठूलो मान्छे बन्नु है । म नभए त पनि मेरो आशिर्वाद् सधैँ तिमिसित हुनेछ । बहिनी हर्ष आमालाई गाली नगर्नू । आमा बाँच्दासम्म मेरो कमी हुन नदिनू ।

मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनू जसले भए पनि । म थाकेँ । धेरै थाकेँ । अब म बाँच्न सक्दिनँ । यो दुनियाँ धेरै स्वार्थी छ । म आफ्नो इच्छाले यो कदम चाल्दै छु ।कसैलाई दोष छैन । कसैले खोजी नीति पनि नगर्नू । मलाई पोष्टमार्टम पनि नगर्नू । मसित पैसा छैन ।

मसित थोरै सुन छ । त्यो सुन बेचेर मेरो छोरालाई दिनू । घरबेटीहरूलाई कसैले केही नगर्नू । अरसलाई पनि कसैलाई केही नगर्नू । मेरो शव जसरी हुन्छ घरसम्म पुर्‍याइ दिनू ।अफ्ठेरोमा मेरो छोरालाई हेर्दिनू ।

छोरा चिन्ता नगर्नू । यही सम्झिनू मेरो आमा सानैमा मरेको हो भनेर मन बुझाउनू ।सबैले मलाई कायर भन्नुहुन्छ होला । मलाई बाच्न अति गाह्रो भयो । कति बेला के हुन्छ थाहा छैन मेरो जीवन ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post