मोरङको उर्लाबारीमा पतिले गरे पत्नीमाथि छुरा प्रहार

मोरङको उर्लाबारी नगरपालिका–४ मा पति (श्रीमान)को छुरा प्रहारबाट पत्नी (श्रीमती) गम्भीर घाइते भएकी छन् ।मादक पदार्थ सेवन (मापसे) गरेर ४० वर्षीय सुमन महराले पत्नी ३५

वर्षीया कुमारी महरालाई सोमबार राति ९ बजेतिर छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मापसे गरेर घर आएका सुमनले पारिवारिक विवादपछि पत्नीको पेटमा अन्धाधुन्ध छुरा हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

र्लाबारीस्थित अरनिको अस्पतालमा उपचार हुन नसकेपछि घाइते कुमारीलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा ल्याइएको छ । पत्नीलाई छुरा हान्ने सुमनलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सुमन सधैँ मापसे गरेर आउने र घरमा झैझगडा गर्ने गरेको खुलेको छ । उनीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा चलाउने तयारी गरेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post