प्रहरीको कुटाइबाट एमालेका एक कार्यकर्ता ग’म्भीर घाइते

प्रहरीको कुटाइबाट नेकपा एमालेका एक कार्यकर्ता गम्भीर घाइते भएका छन्।घाइते हुनेमा सहिदभूमि गाउँपालिका वडा नं.६ माङ्तिनका ३३ बर्षिय निरन साङ्सनुन राई रहेका छन्। 

राष्ट्रिय यूवा संघका जिल्ला सदस्य राईको हात खुट्टा र टाउकोमा गम्भीर चोट लागेका उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको अस्पताल प्रशासनले जनाएको छ।

राई आफ्नै घरमा बसिरहेको अवस्थामा प्रहरीले ‘ठोक ठोक’ भनेपछि आत्तिएर भाग्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरी कुटपिट गरेको राईको कुरालाई उध्रित गर्दै वडा नं.६ का वडा अध्यक्ष हेमकुमार राईले जानकारी दिए।

यो घटना एमालेको गएको ८ गते भएको चुनावी विजय र्‍यालीमा केहि व्यक्तिहरुले आक्रमण गरेको घटना पछि घटेको श्रृखलाको अंश भएको जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार उक्त र्‍यालीमा भएको आक्रमणपछि आक्रोशित एमालेको केहि समुहले ती आक्रमणकारीलाई कुटपिट गरेका थिए।

ऊक्त घटना पछि कुटाई खाने पक्षले प्रहरीमा उजुरी दिएको र कुटपिट गर्नेमा निज निरनको पनि नाम रहेको हुँदा उनलाई प्रहरीले खोजतलास गरी समात्ने क्रममा उक्त घटना घटेको एसपी अधिकारीले जानकारी दिए। यस विषयमा थप अनुसन्धान भईरहेको उनले जानकारी दिए।

गएको ८ गते भएको विजय र्‍यालीमा आक्रमणमा परेका ऐजन राईले नेपाली कांग्रेसका वडा सभापति विकास राईको नेतृत्वमा आएका केहि युवाहरुले आक्रमण गरेको जानकारी दिए।

उक्त घटनामा सभापति राईले आफूलाई खुकुरी निकालेर खेदाएको जानकारी दिए। उक्त घटनापछि आक्रोशित भएर अनियन्त्रित भएका केहि एमालेका कार्यकर्ताहरूले कांग्रेस निकट युवाहरुलाई कुटपिट गरेको उनले जानकारी दिए।

उक्त घटनाको भत्सर्ना गर्दै नेपाली कांग्रेस धनकुटाले विज्ञप्ती समेत जारी गरेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post