भरतपुर महानगरको मेयरका प्रत्यासी माओवादी केन्द्रकी रेनु दाहालले अर्का प्रत्यासी विजय सुवेदीसँगको मतान्तर बढाउदै लगेकी छन् ।
महानगरपालिकाको पछिल्लो नतिजा अनुसार २१ हजार ६९ मत गणना गर्दा दाहालले ७ हजार १५६ मत ल्याएकी छन् ।प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ६ हजार ८७४ मतले पछ्याइरहेका छन् । दाहाल र सुवेदीको मतान्तर २८२ पुगेको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ४७५ मत ल्याएका छन् । उपमेयरतर्फ गठबन्धनका दल काँग्रेसका चित्रसेन अधिकारीले ८ हजार ६७८ मत ल्याएका छन् । एमालेकी हिमला गुरुङले ५ हजार ६७२ मतले पछ्याउदैछन् ।