४५ वर्षका पुरुषले आफ्नै घाँटी रेटी आत्माहत्या

बन्दिपुर गाउँपालिका-३ धोद्रेमा आफ्नै घाँटी रेटी आत्माहत्याको प्रयास गरेका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।

सोमबार दिउँसो ३ बजे ४५ वर्षका लालबहादुर चेपाङले घर नजिकैको बारीमा गई धारिलो हँसियाले घाँटी रेटेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।उनका अनुसार घाँटी रेटी गम्भिर घाइते चेपाङलाई उपचारका लागि मोति क्लिनिक डुम्रेमा प्राथमिक उपचार पश्चात् पोखरास्थित गण्डकी अस्पतालमा रिफर गरिएको थियो।

चेपाङको उपचारको क्रममा मंगलबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको डिएसपी खड्काले बताए। उनले किन आफ्नै घाँटी रेटे भन्ने कुरा पत्ता लागेको छैन। घट्नाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post