आहा! यो पो हो त, जित्ने र हार्ने दुवै पक्षलाई सँगसँगै विजय र्‍यालीमा घुमाए मतदाताले

चुनावको नतिजापछि विजेतालाई मतदाताहरुले हर्षबढाइँका साथ विजयोत्सवमा काँध चढाएर परिक्रमा गराउने आम प्रचलन हो ।

तर बाजुराको गौमुल गाउँपालिकामा अध्यक्ष पदका विजेता र उपविजेता दुवैलाई मतदाताहरुले विजय ऱ्याली काँध चढाएर खुसीयाली मनाएका छन् ।वडादेखि पालिकासम्म सबै पदमा एमालेको प्यानलै विजयी भएको गौमुलमा अध्यक्ष पदमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता रोकाया विजयी भएका हुन् । उनीहरुसँग कांग्रेसका हिरेन्द्र रोकाया र उमादेवी रोकाया पराजित भएका थिए ।

जिल्लाकै अन्य केही पालिकाहरूमा एमाले र कांग्रेसका कार्यकर्ताहरुबीच झडप र तनावका घटना भइरहँदा गौमुलमा कार्यकर्ता र उम्मेदवारले प्रस्तुत गरेको शैली र व्यवहारलाई धेरैले सकारात्मक रूपमा लिएका छन् ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post