बाजुराको मार्तडीमा म्यादी प्रहरीमाथि खुकुरी प्रहार: ३ जना घाइते, दुई जना पक्राउ

बाजुरा सदरमुकाम मार्तडीमा म्यादी प्रहरीमाथि खुकुरी प्रहार भएको छ। सदरमुकाम मार्तडीमा आइतबार राति म्यादी प्रहरी माथि खुकुरी प्रहार भएको हो।

बुढीगंगा ४ का २० वर्षीय पुष्प कटुवालमाथि खकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । उनको टाउकोमा चोट लागेको भएपनि उनी खतरामूक्त छन्। प्रहरीका अनुसार कटुवालसँगै रहेका म्यादी प्रहरीहरु हर्क सुनार र सुनिल थापा पनि सामान्य घाइते भएका छन्।

खुकुरी प्रहारमा संलग्न रहेको आरोपमा बडिमालिका नगरपालिका २ का नरेन्द्र नाथ र लोकन्द्र कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गिन्द्र बोगटीका अनुसार खुकुरीसमेत वरामद गरिएको छ । मार्तडीमा आइतबार राति एमाले र कांग्रेस कार्याकर्ताहरुको झडप तथा ढुंगा हानाहान भएको थियो । प्रहरीले एक राउण्ड हवाइ फायर समेत गरेको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post