निर्वाचनको प्रचारमा हिँडेका धन बहादुर थापामगरको भीरबाट ल”डेर मृ”त्यु

प्युठानमा स्थानीय तह निर्वाचनको प्रचारमा हिँडेका एक जनाको भीरबाट ल”डेर मृ”त्यु भएको छ । मृ”त्यु हुनेमा नौबहिनी गाउँपालिका–२ लिघा सिरिवाङका ५६ वर्षीय धन बहादुर थापामगर रहेका छन् ।

गाउँमा घरदैलो गरी फर्किने क्रममा भीरबाट लडेका मगरको घ”टनास्थलमै मृ”त्यु भएको स्थानीयले बताएका छन् । आइतबार नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको गठबन्धन टोलीसँग उनी गाउँमा भोट माग्न गएका थिए ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्र”हरीले जनाएको छ ।

यस्तै,,जुम्लाको तिलागाउँपालिका- २ मा प”हिरो जाँदा दुई बालकको मृ”त्यु भएको छ । प”हिरोमा एक महिला घा”इते भएकी छन् । तिला २ को डण्डेलीमा नयाँ घर निर्माणका लागी खनेको जगमाथिबाट सुख्खा प”हिरो ख”स्दा तीन वर्षका शिशिर बोहरा र तीन वर्षकै हिमेश रावतको मृत्यु भएको जिल्ला प्र”हरी कार्यालयले जनाएको छ । त्यस्तै रण बहादुर बोहराको नयाँ घर निर्माणका लागि जम्मा गरिराखेको माटोको ढि”स्कोमा पु”रिएको उनीहरूको ज्यान गएको हो ।

बोहराकी श्रीमती लक्ष्मी बोहरा घा”इते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्र”हरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए । उनका अनुसार घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । मृ’तक दुवै बालबालिकालाई पो”स्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ । लक्ष्मी बोहरा घरनिमार्णको काम गर्दै गर्दा मृ”तक दुई बालक खेल्ने गएको हुन सक्ने प्र”हरीले बताएको छ । प्र”हरीका अनुसार दिउँसो साढे दुई बजे तिर सुख्खा पहिरो गएको हो । -दिलमाया शाही/न्युज कारखाना

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post