आज (मंगलबार) ह्वात्तै घट्यो सुनको भाउ

काठमाडौँ । साताको तेस्रो दिन (आज) मंगलबार पनि नेपाली बजारमा सुनको भाउ ओरालो नै लागेको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १००० रुपैयाँले घटेर रु ९७ हजार २०० तोकिएको छ ।

पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० तोकिएको छ ।यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post