दुर्घटनाग्रस्त जहाजको ईएर होस्टेजकाे अन्तिम स्टाटस एस्तो लेखेकी थिइन्,टु क्राटु क्रा, विमानमा अतिनै मिलनसार र अनुशासित थिइन् क्रिस्मी थापा

आइतबारबाट सम्पर्कविहीन बनेको तारा एयरको विमान पहाडमा ठो क्कि एर टु क्राटु क्रा भएको अवस्थामा भेटिएको छ । पोखराबाट जोमसोमको लागि आइतबार विहान ९ः५५ बजे उडेको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

आइतबार दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । सोमबार बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।

विमानमा एयरहोस्टेज क्रिस्मी थापा पनि थिइन् । विमान हराएपछि थापाकी सहकर्मीहरु उनलाई सम्झिरहेकी छन् । सहकर्मीहरुका अनुसार एयरहोस्टेज थापा मिलनसार हुनुको साथै अनुशासित पनि थिइन् ।तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको हो ।

जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए ।दुर्घटनाग्रस्त जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार थिए ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post