
जनकपुरधाम। सिरहामा धारिलो हतियार प्रहारगरी बुवा र छोराको हत्या भएको छ। अर्नमा गाउँपालिका– १ महनौरका करिव ६० वर्षिय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षिय छोरा सन्त कुमार पालको हत्या भएको हो।
सन्तको विवाह जेठ ११ का लागि तय भएकाले स्थानीय महिलाहरु विवाह गीत गाएर गएपछि बुवा छोरा करिव १२ बजे सुतेका थिए। घरको छुट्टाछुट्टै घरमा सुतेका बुवा र छोराको सुतिरहेकै ठाउँमा धारीलो हतियार प्रहार गरी हत्या भएको हो। घटना पश्चात प्रहरीले अनुसन्धान थालेको छ। अनुसन्धानको लागि कुकुरको पनि सहयोग लिइएको छ।****भिडियो हेर्न तल क्लिक गर्नुहोला *****