खतरनाक ब्यक्तिहरु पक्राउ दाङबाट गरेछन यस्तो गर्नै नहुने काम

दाङमा माटोको इँटालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ परेका छन् । तुलसीपुरको एकान्त होटेलमा दुई वटा इँटालाई सुन भनेर सर्वसाधारणलाई बिक्री गर्न।

खोज्ने दाङ, सल्यान र दार्चुलाका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका- ६ खांग्रा नाकाका २६ वर्षीय राजकुमार बुढा, सोही ठाउँकै २४ वर्षीय प्रकाश खड्का, सल्यानको शारदा नगरपालिका वडा नम्बर १ का ४९ वर्षीया सावित्रा बुढाथोकी।

कुमाख गाउँपालिका-१ का ३० वर्षीया गीता बुढा र दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय सुरेन्द्र सिंह धामी रहेका छन् ।पक्राउ परेकाको साथबाट दुई थान इँटाको टुक्रा, हरियो रंगको जेब्रा झोला १ थान र सुनजस्तो देखिने पहेँलो धातुको टुक्रा एक।

थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरीप्रवक्ता तथा डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।पक्राउ परेका उनीहरुले सुनजस्तो देखिने धातु स्याम्पलको रुपमा देखाएर सर्वसाधारण नागरिकलाई झुक्याईझोलामा राखेको इट्टा बिक्री गर्न खोजेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post