काठमाडौंमा युवकको हत्या, शव खोलामा

काठमाडौंमा हत्या गरी शव खोलामा फ्याँकेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्या।

आरोपमा दुई जनालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।हत्या आरोपमा मकवानपुर बागमती गाउँपालिका-६ फापरबारी ठूलो कायर बस्ने ४५ वर्षीय ठोकर कान्छा भन्ने कान्छामान ठोकर र ललितपुरको गोदावरी नगरपालिका-६ लेले बस्ने ४० वर्षीया गायत्री नगरकोटी पक्राउ परेका हुन्।

उनीहरूमाथि सिन्धुपाल्चोक जुगल गाउँपालिका-८ बराम्चेका ३५ वर्षीय जीवन भन्ने कान्छा लामा तामाङको हत्या गरेको आरोप छ। गत बिहीबार उनको शव दक्षिणकाली नगरपालिका-१ पावर हाउस नजिक बागमती किनारमा फेला परेको थियो। शव सडिसकेको अवस्थामा फेला परेको थियो।

प्रहरी उपरीक्षक कोइरालाका अनुसार हत्या वैशाख २८ गते भएको हो। काठमाडौं महानगरपालिका-१६ नयाँबजार विष्णुमती पुल नजिकै बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा परिसरमा रहेको भवनको कोठामा घटना भएको थियो।

त्यस कोठामा ठोकर कान्छा, गायत्री, बागमती गाउँपालिका फापरबारी ठूलो कायरका दीपक वाइबा र मृतक कान्छा लामा तामाङ सँगै थिए। उनीहरू सँगै बसेर खानपिन गरिरहेका थिए। तर मृतक तामाङले महिलामाथि गलत नजरले हेरेपछि सो घटना भएको प्रहरी उपरीक्षक कोइरालाले बताए।

उनीहरू मिल्ने साथी साथी जस्तै हुन्। त्यसरात उनीहरूले मिलेर खानपिन गरेको देखिन्छ,’ उनले भने,‘त्यसक्रममा जीवनले महिलामाथि गलत मनसाय व्यक्त गरेपछि कुटपिट गरी हत्या गरेको देखिन्छ।

तीन जनाले मिलेर तामाङमाथि कुटपिट गरेको, टाउकोमा हम्मरले हानेको र घाँटीमा सलले कसेर हत्या गरेको उनले बताए। अहिले दीपक फरार छन्। सोही रात घटनापछि उनीहरूले मिलेर शवको खुट्टा खुम्च्याएर सलले बाँधेर, शवलाई तन्ना र म्याट्रेसले बेरेर बाँधेका थिए।

शवलाई बाँधेर गायत्री र कान्छामानले विष्णुमती खोलामा फ्याँकेका थिए। फ्याँकिएको शव पछि दक्षिणकाली-१ बागमती नदी किनारमा फेला परेको थियो। प्रहरीले शवको पहिचान गरी घटनामा संलग्न दुई जनालाई गत शुक्रबार पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान अघि बढाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post