/p>अछाममा चट्याङ्ग लागेर एक बालकको मृत्यु भएको छ । गएराति हावाहुरी र पानीसँगै परेको चट्याङ्ग लागेर अछामको पञ्चदेवल निवायक नगरपालिका(७ पुल्लेतोला काटियाँका १२ वर्षीय सुरत कामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ्ग लागेर अन्य चार जना घाइते भएका छन् । घाइते हुनेमा ६० वर्षका रने कामी, ५५ वर्षका मना कामी, ५० वर्षकी जयसरा कामी र ७० वर्षका वृकिसे रावल रहेका छन् ।उनीहरु सबैको अवस्था सामान्य रहेको जनाइएको छ ।