हराइरहेको तारा एयरको जहाजमा एकै परिवारका सात जना रहेको पुष्टि, शो’कमा परि’वार (हेर्नुस् )

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पु’ष्टि भएको छ।

उक्त जहाज आइतबार विहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको छ।तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रुहरू सवार थिए। त्यसमध्ये धनुषाको मिथिला नगरपालिका-११ लोटा गाउँका सात जना रहेको पु’ष्टि भएको छ।

विमानमा मिथिला नगरपालिका-११ लोटाका राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेका हुन्।

उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए। विमान बेपत्ता भएको खबरले परिवारमा रुवा’बासी चलेको छ। गाउँमा चिन्ता छाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post