नेपालगन्ज उपमहानगरपालिका–२० नयाँ बस्तीका फागुराम चौधरी ह्विलचियरको मद्दतले मात्रै ओ’होरदोहोर गर्न सक्छन् । जहाँ ह्विलचियर पुग्दैन, त्यहाँ उनीहरूलाई घिस्रनुको विकल्प छैन ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****
यस्तै विकल्पहीन अवस्था बन्यो, शुक्रबार राँझास्थित आदर्श माविको मतदान केन्द्रमा । उनी ह्विलचियर लिएर मतदान केन्द्र पुगेका थिए तर सुरक्षाकर्मीले भित्र लैजान दिएनन् ।
बिहानैदेखिको वर्षाले हिलाम्य भएको मतदानस्थलमा चार हा’तखुट्टा टेकेर घस्रिँदै उनी अगाडि बढे । घुँडा र हातभरि हिलो लतपतिएकै अवस्थामा उनले मतदान गरे । ‘पुलिसले ह्वि’लचियरभित्र लैजान दिएन,’ उनले भने, ‘घस्रेर लाम लागें । मतदान गर्ने बेलासम्म त मेरो जीउभरि हिलो भइसकेको थियो ।’ मतदान गर्ने टेबल र मतपेटिका राखिएको स्थान पनि अपांगतामैत्री थिएनन् ।
चौधरीले भने, ‘छाप लगाउने टेबल पनि अग्लो थियो । आफैंले नसकेपछि सहयोगीले छाप लगाइदिए ।अपांगता भएकी मतदाता कलशा विकले पनि ह्विलचियरभित्र लैजान नदिइएपछि सास्ती खेप्दै मतदान गरिन् । उनले अपांगता भएकाका लागि छुट्टै व्यवस्था नभएको र सहयोगी व्यवहार पनि नभएको बताइन् ।
ह्विलचियर ल्याउँदा के अशान्ति हुन्थ्यो र ?’ उनले भनिन् ।अपांगतामैत्री व्यवस्थापन नहुँदा राँझास्थित मतदान केन्द्रमा कैयन् अपांगता भएका व्यक्तिले दु’:ख खेपे । दिनेश बर्मा रिक्सामा चढेर मतदानस्थल आएका थिए । अरू बेला ट्राई साइकलमा हिँड्ने उनी चर्को गर्मीमा मतदानस्थलसम्म छिटो पुगिएला भनेर रिक्सामा आएका थिए।
र आफ्नो पालो नआएकाले धेरैबेरसम्म रि’क्साबाट ओर्लेनन् । अपांगता भएकाहरूलाई छिटो पालो दिने भनिए पनि उनले घिस्रिएरै लाइनमा बस्नुपर्यो । उनले गुनासो गर्दै भने, ‘हामीलाई त अलिकति भए पनि सहुलियत दिनुपर्ने हो । हिँड्ने र नहिँड्ने एउटै दौडमा कसरी बस्न सक्छ ।
लालबहादुर परियार शारीरिक अपांगता भएका व्यक्ति हुन् । एउटा खुट्टा कमजोर भएकाले उनी बैसाखीको सहायतामा हिँड्डुल गर्छन् । एक घण्टा लाममा बसेपछि मात्रै मतदान गर्ने पालो पाएको सुनाउँदै उनले भने, ‘एकातिर चर्काे घाम, अर्काेतिर लाइन । बडो दु:खसित भोट हालियो ।
मूख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले अ’पांगता भएका व्यक्तिको ह्विलचियरभित्र लैजान न|दिइएको विषयलाई आफूले ग|म्भीर रूपमा लिएको बताए । ‘ह्विलचियर प्रयोग गर्न न’पाउने भन्ने कु’रै छैन, केही अस’मझदारी भएको हो।
उनले भने, ‘ठाउँ आ’फैंमा साँघु’रो थियो । सबलांगलाई पनि निकै अ’प्ठ्यारो पर्नेजस्तो देखिन्थ्यो ।’ जिल्ला निर्वाचन कार्यालय प्रमुख रमा पन्तले अपांगता भए’का व्यक्तिका लागि आयोगले विशेष व्यवस्था नग’रेको बताइन् ।