
काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन शाहको जीवनमा अर्को खुसी थपिएको छ । उनी आज छोरीका काका समेत बनेका छन् । बालेनका दाजु कौशल शाहकी छोरी जन्मिएकी छिन् ।
मेयर उम्मेदवार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला घरमा छोरी जन्मिनुलाई उनका समर्थक एवं शुभचिन्तकहरुले शुभ संकेत भन्दै दोहोरो बधाइ दिएका छन् । यो समाचार तयार पार्दासम्म बालेनले २२ हजार मत पाइसकेका छन् र उनको अग्रता ११ हजार भन्दा धेरै भइसकेको छ ।