काठमाण्डौ महानगरमा बालेन मतान्तर बढाउँदै ३९ हजार ५०९ मत गन्दा कसको कति हेर्नुहोस्

काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ७ हजार ११४ मतले अगाडि रहनुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार ३९ हजार ५०९ मत गन्दा शाहले १५ हजार ४०२ मत पाउनु भएको छ ।

यस्तै स्थापितले ८ हजार २८८ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार २९० सय मत प्राप्त गर्नु भएको छ ।

यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोलले अग्रता बढाउँदै लैजानु भएको छ । उहाँले १२ हजार १५७ मत प्राप्त गर्नुभएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post