चट्याङ लागेर एक किशोरीको मृत्यु

काभ्रेमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ।रोशी गाउँपालिका–९ पनान्चेमा हिजो दिउँसो चट्याङ लागेर अन्दाजी १६ वर्षीया साजनी लुङ्गेलीको मृत्यु भएको हो। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

लुङ्गेलीलाई घर नजिक बारीबाट घर फर्कने क्रममा अचानक चट्याङ लागी घाइते भएको र उपचारका लागि नमोबुद्ध नगरपालिकाको भकुण्डेस्थित स्थानीय मेडिकलमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको।

यस्तै ,प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ।उनका सहोदर भाइ प्रेमबहादुर देउवाको आज (मंगलबार) बिहान वीर अस्पतालमा निधन भएको हो।प्रेमबहादुर फोक्सोको क्यान्सरबाट पीडित थिए।

प्रेमबहादुर नेपाली कांग्रेस कंचनपुरका धरोहर, कंचनपुर–२ का अभिभावकीय व्यक्तित्व, पञ्चायतकालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागि संघर्ष समेत गरेका थिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post