शव लिएर काठमाडौं ओर्लियो सेनाको हेलिकोप्टर, आफन्ताको रुवाबासी – (हेर्नुहोस भिडियो) यो पनि …यीनै हुन जहाज दुर्घटनामा परेका एकै परिवारका
सात जना,परिवारमा रुवाबासी, यो दुखद घटना सम्पूर्ण नेपाली मन रोएको छ ।जोमसोमका लागि उडेको तारा एयरको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ।उक्त जहाज आइतबार विहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको छ।
तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रुहरू सवार थिए। त्यसमध्ये धनुषाको मिथिला नगरपालिका-११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ।
विमानमा मिथिला नगरपालिका-११ लोटाका राजन कुमार गोले, विमानमा मिथिला नगरपालिका-११ लोटाका राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेका हुन्।
उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए। विमान बेपत्ता भएको खबरले परिवारमा रुवाबासी चलेको छ। गाउँमा चिन्ता छाएको छ।
दुर्घटनामा परेको तारा एयरको ९एन एईटी टवीनअटर विमान क्षतविक्षत अवस्थामा भेटिएको छ। दुर्घटना स्थलमा पुगेका म्याग्दी दानाका ईन्द सिंहका अनुसार विमान क्षतविक्षत अवस्थामा रहेको हो।
अवरुद्ध बाटो खोल्न होस वा अन्य कुनैपनि काम गर्नुपरेमा अगाडि सर्ने गरेका सिंह हवाई जहाज दुर्घटना भएको थाहा पाएपछि हिजै दानाबाट हिंडेर दुर्घटना स्थल नजिकको क्षेत्र कोवाङ पुगेर बास बसेका थिए।
राती अबेर भएपछि त्यतै बास बसेका उनी विहानै स्थानिय भेंडी गोठालाले जहाज दुर्घटना अवस्थामा भेटिएको खबर गरेलगत्तै त्यसतर्फ गएका थिए। उनका अनुसार जहाजमा आगो लागेको छैन। तर जहाज भिरमा ठोक्किएर क्षतविक्षत अवस्थामा छ।
हेर्नुहोस् भिडियो