धादिङमा दु,र्घ,टनामा परेर उम्मेदवारको मृ,त्यु

धादिङको ससाहमा सोमबार मोटरसाइकल दु,र्घटना हुँदा एक जनाको मृ,त्यु भएको छ । पोखराबाट धादिङबेँसी आउँदै गर्दा आइचर ट्रकसँग ठोक्किएर

नीलकण्ठ नगरपालिका–७ का २९ वर्षीय अर्जुन पोखरेलको मृ,त्यु भएको हो ।दुर्घटनामा सँगै सवार नीलकण्ठ नगरपालिका–४ का सन्तोष अधिकारी गम्भीर घाइते भएका छन् । उनको धादिङमा उपचार हुन नसकी काठमाडौँ ट्रमा सेन्टर पठाएको जिल्ला प्रहरी कार्या लयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षकजागेश्वर भण्डारीले बताए।

धादिङबेँसीबाट काठ माडौँतर्फ जाँदै गरेको बा५ख ७०७२ नम्बरको आइचरले वाग्मती प्रदेश ०२–०३३ प ३३९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

पोखरेलको धादिङ अस्पतालमा मृ,त्यु भएको हो । मृ,तक पोखरेल गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न लिएर नीलकण्ठ नगरपालिका–७ नम्बर वडाको वडा सदस्य उम्मेदवार थिए ।

नीलकण्ठ निर्वाचन कार्यालयले भोटगन्नसमेत सुरु नगर्दै उम्मेदवारको मृत्यु भएको हो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post