मतदान केन्द्रतर्फ गइरहेको जिप दुर्घटनामा अर्जुनले गुमाए आमा र श्रीमती , छोरा घाइते

शुक्रबार गाउँभरि भोट हाल्ने उल्लास थियो । वालिङ नगरपालिका–१४ सिख्रेबाट मतदानस्थलसम्म पुग्न करिब ४५ मिनेट लाग्थ्यो ।

अर्जुन कुँवर श्रीमती र आमालाई लिएर मतदान गर्न जाने तयारीमा थिए । त्यत्तिकैमा गाउँलेलाई लिन एउटा जिप आइपुगेको खबर सुने ।कुवरकी श्रीमती २५ वर्षीया श्रीमती जमुना कुँवर २ जिउकी थिइन् । हिँड्न गाह्रो होला भनेर उनले जमुनालाई आमा ४३ वर्षीया पोटकुमारी र भाञ्जा कुशलसँगै जिपमा मतदानस्थलसम्म पठाउने निर्णय गरे ।

उनीहरुको साथमा गत पुसमा मात्रै २ वर्ष पुगेका छोरा अनिष कुँवर पनि थिए ।केहीबेरम अर्जुनले अप्रत्याशित खबर सुने, ‘जिप पल्टियो ।’ कुँवरको होस, हवास उड्यो ।

२ जिउकी भएकी बुढी हिँड्न गाह्रो हुन्छ होला भनेर गाडीमा जाऊ भनेको थिएँ । गाडीमा केही घुमाउरो बाटो पर्थ्यो । तर, हिँडेर सिधै जान मिल्थ्यो,’ कुँवर भन्छन्, ‘जेठ अन्तिममा डेलिभरी केस भएकाले हिँड्नु हुन्न भनेर गाडीमा जाऊ भनेको थिएँ ।

१४ जनाको मृत्यु हुने गरी सिख्रेबाट मतदान केन्द्रतर्फ गइरहेको उक्त जिप दुर्घटनामा कुँवरले श्रीमती जमुना, आमा पोटकुमारीलाई गुमाएका छन् । दुर्घटनामा दुई वर्षका छोरा अनिशको शरीरभरि चोट लागेको छ । उनले छोरालाई थप उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा ल्याएका छन् ।

अनिषलाई भुलाउन एउटा खेलौना दिइएको छ । उनी एकछिन खेल्छन्, घरिघरि दुख्यो भन्दै आमा खोज्छन् । ‘ऐया भन्छ । रुन्छ । मैले के गर्ने, के भन्ने ?’ निरश मुद्रामा कुँवर प्रश्न गर्छन् । अस्पताल आएकाहरु अनिषलाई सान्त्वना दिन्छन् । तर, आफूमाथि परेको वज्रपातको पीडासमेत अनुभूत नभएका उनले सान्त्वनाको भाषा के बुझुन् ?

दर्घटनामा श्रीमती र आमाको मृत्यु भएको भनेर अर्जुनलाई अरुले नै खबर पुर्‍याइदिएका हुन् । तर, उनलाई विश्वास छैन । एम्बुलेन्सले घाइतेहरु ल्याउँदा पटकपटक त्यतै आँखा सोझ्याउँछन् । तर, प्रत्येक पटक नै उनी फरक अनुहार पाउँछन् ।

मैले पनि यसकी (छोरा) आमा र मेरी आमाको डेथ भयो रे भन्ने खबर पाएको छु । त्यति क्लियर बुझ्न पाएको छैन,’ अर्जुन भन्छन्, ‘आफूले देखेपछि पो थाहा हुने हो ।

वालिङ नगरपालिका–१४ पञ्चम अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ झर्दैै गर्दा ग २ च ३०२६ नम्बरको जिप अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा मृत्यु हने सबै एकै वडाका हुन् ।

गण्डकी अस्पताल पोखरामा उपचाररत स्याङ्जा दुर्घटनाका घाइतेहरु ।मतदान गर्न हिँडेकाहरु मत दिन त पाएनन् नै दुर्घटनामा ज्यानै गुमाउनुपर्‍यो । अहिले वालिङको १४ नम्बर वडा शोकमा छ । जिपमा प्रायः महिलालाई पठाएर पुरुषहरु भने हिँडेरै जाने सल्लाह गरेका थिए ।

भएका सबै अर्जुनकै वडाका आफन्तहरु हुन् । त्यसमध्ये घाइते भएका १६ वर्षीय कौशल कुँवर उनका भाञ्जा पर्छन् । मतदान गर्न माइजु (जमुना) भित्र छिरेको बेला अनिषको कुरुवा बस्ने गरी उनी त्यहाँ जान तयार भएका थिए ।जिपको छतमा बसेका कौशल गाडी खस्न थालेको चाल पाएपछि हामफालेका थिए । उनको खुट्टामा सामान्य चोट लागेको छ । उनको अवस्था भने गम्भीर छैन ।

मलाई माइजुले बाबु हेर्नुपर्छ भनेर गएको हुँ । मेरो त भोट गर्ने बेला पनि भएको छैन,’ दुर्घटनामा घाइते कौशल भन्छन्, ‘छतमा बसेको थिएँ । गाडी खस्न लागेको थाहा पाएपछि हाम फालिहालें ।दुर्घटनामा मृत्यु हुनेहरुमा ६३ वर्षीया माया पुन, ९ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५०

वर्षीय डेमकुमारी कुँवर, ८६ वर्षीय हरिकला कुँवर, ५० वर्षीय टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ७० वर्षीया भीमकला कुँवर, ४३ वर्षकी पोटकुमारी कुँवर रहेका छन् ।मतदान केन्द्रतर्फ गइरहेको जिप दुर्घटनामा अर्जुनले गुमाए आमा र श्रीमती , छोरा घाइते

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post