रामेछापको साँघुटारस्थित बाँकीमेरी भन्ने ठाउँमा मतपेटिका बोकेको गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
रामेछाप नगरपालिका–१ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार जाँदै गरेको गाडी ब्रेक फेल भएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार ना७ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटना हो । उक्त दुर्घटनामा परी प्रहरी जवान जलन राई, म्यादी प्रहरी टंकप्रसाद गौतम र मनोज सुनुवार घाइते भएका हुन् ।