सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य रोकिएको छ । सम्भावित क्षेत्रमा बाक्लो हुस्सुका कारण खोजी कार्यमा समस्या भइरहेको मुस्ताङका प्रमुख
जिल्ला अधिकारी (सीडीओ) नेत्र प्रसाद शर्माले जानकारी दिए ।खोजी कार्यको लागि हेलिकोप्टर मार्फत् र स्थलमार्ग हुँदै टोली विभिन्न क्षेत्रमा परिचालन गरिएको छ । तर, सम्भावित क्षेत्रमा बाक्लो हुस्सो र हिउँ पर्न थालेपछि आजको लागि खोजी कार्य रोकिएको उनको भनाइ छ ।
जहाजको खोजी कार्यका लागि नेपाली सेनाको ८२ जनाको टो ली खटिएको छ । त्यस्तै नेपाल प्र’हरी, सशस्त्र प्र’हरी र तारा एयरको उद्धार टोली समेत सम्भावित क्षेत्रमा खटिएको छ । भो लि मौसम प्रतिकूलताको आधारमा खोजी कार्यमा टोलि परि चालन हुने उनको भनाई छ ।
आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्कविहिन बनेको थियो । चालकदलका तीन सदस्यसहित २२ जना यात्रुहरूको अवस्था अज्ञात रहेको छ ।
मस्ताङको मानापाथी हिमाल फेदमा रहेको आशंकामा नेपाली सेना, नेपाल प्रहरी र एति एयरको उद्धार टोली त्यसतर्फ परिचा लन गरिएको थियो । तर, आजलाई थप उद्धार कार्य गर्न सम्भ वन नरहेको भन्दै टोली फिर्ता हुन लागेको सीडीओ शर्माले बताए ।
कास्कीको पोखरा विमानस्थलबाट विहान ९ बजेर ५५ मिनेट जाँदा उडान भरेको तारा एयरको विमानमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज किस्मी थापा थिए ।
यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ र रोजिना श्रेष्ठ रहेका छन् । पुरा जान्क्र्रिको लागि
भिडियो हेरेर थाहा पाउनुहोस।