मेयर पदका उम्मेदवारको होटलमा २१ वर्षीय युवक मृ’त फेला

महेन्द्रनगर । कञ्चनपुरको एक होटेलमा युवक मृत फेला परेका छन् । महेन्द्रनगरस्थित नाइन इलेभन होटेमा भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटेलमा मृत भेटिएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार होटेल सील गरिएको छ ।मृत्युको कारण भने नखुलेको र अनुसन्धान भइरहेको उनले बताए । घटनापछि आक्रोशित मृतकका आफन्तहरुले होटलमा ढुंगामुढा गरेका बताइएको छ ।

युवक जापान जाने तयारीमा रहेको र साथिहरुलाई पाटी दिने होटल गएको बुझिएको छ । घटना भएको होटल भीमदत्त नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी समेत कमल सिंहद्धारा सञ्चालित रहेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post