
काठमाडौं । अमेरिका जाँदै प्रेमीलाई भेट्दै आएकी नायिका वर्षा सिवाकोटीले अन्तत सुटुक्क प्रेमीसँग विबाह गरिन् ।
राज कटुवालसँग प्रेम सम्बनधमा रहेको केही समय चर्चा चलेपछि वर्षा फेरी हराइन् ।
राजसँगको बे्रेकअप लगत्तै अमेरिका हानिएकी वर्षाले प्रेमी आशिष गेलालसँग अमेरिकाबाट फर्के लगत्तै लगनगाँठो कसिन् ।
प्रेमी आशिष गेलालसँग झ्यापझुप विबाह गरेकी वर्षाले किस्ता किस्तामा बिहेका तस्वीर र भिडियो सामाजिक संजालमा अपलोड गर्दै आफ्नो खुशी फ्यान र आफन्तहश्ररुका माफमा साटिरहेकी छिन् ।
मेहेन्दी र विवाह समारोहमा खुसी देखिएकी वर्षा बिदाइमा भने रुँदै गरेका दृश्यहरु अहिले भाइरल बनिरहेका छन् । वर्षा विदाईमा धुरुधुरु रोएको भिडियो अहिले भाइरल बनिरहेको छ ।
वर्षाको बिदाईका क्रममा आफन्त र परिवारले पनि आँशु खसालेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ ।