बिहे गरेको एक महिना नबित्दै झुण्डिएको अवस्थामा एक दम्पती

कैलालीमा एक दम्पती रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासोमा झुन्डिएको अवस्थामा बझाङको जय पृथ्वी।

नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र उनकी श्रीमती २४ वर्षीया अस्मिता सिंह मृत फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनीहरुले गत २६ चैतमा मात्रै प्रेम विवाह गरेर कैलाली आफन्तकोमा आएर बसेको र २७ चैतदेखि बेपत्ता थिए ।आइतबार बिहान गोठालाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेको थिए ।

सडेको अवस्थामा फेला परेका शव उक्त जोडीको भएको प्रमाणित भएपछि प्रहरीले स्थानीयको रोहबरमा मुचुल्का उठाइ आफन्तको जिम्मा लगाएको छ ।उनीहरूले २७ चैतमै आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस -नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले चुनाव जितेमा विकास निर्माणका काम अलपत्र पार्नेलाई ‘तह लगाउने’ चेतावनी दिएका छन् ।सोमबार मादी १२ मा आयोजित चुनावी सभामा बोल्दै उनले अहिले पनि कतिपय योजना ठेकेदारले अलपत्र बनाएको तर आफ्नो नेतृत्वले चुनाव जिते काम नगर्ने ठेकेदारलाई मादी छिर्नै नदिने बताए।

कांग्रेसका नेता ठेकेदारको कम्पनीले मादी ९ र १२ जोड्ने पुल, सौर्य–माझठान–मिजुरे सडक, मादी ५ र पोखरा १३ जोड्ने पुल अलपत्र पारेको महेन्द्रले सुनाए । ‘विकासका योजना अलपत्र पार्ने ठेकेदारलाई घोक्रेठ्याँक लगाएर तह लगाउँछु,’ प्रतिबद्धता जनाउँदै उनले थपे, ‘चुनाव जित्यौँ भने त्यसरी काम अलपत्र छोड्ने ठेकेदारलाई मादीमा प्रवेश निषेध गर्छौँ । हामीलाई विकास–निर्माण चाहिएको छ । काम नगर्नेबारे बोल्न म पछि पर्ने छैन ।’

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post