कैलालीमा एकैदिन ३ महिलाको शव यस्तो अवस्थामा फेला

पछिल्लो समय कैलालीमा आत्महत्याका घटनामा वृद्धि भएका छन । मंगलवार मात्रै ३ ओटा आत्महत्याका घटना घटेका जिल्ला प्रहरी कार्यालय कैलाललिे जनाएको छ ।

मंगलवार साँझ ५ बजेतिर भजनी नगरपालिका–१ गौनियाकी ४० वर्षीया आशादेवी चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको र उनको शव परीक्षणका लागि टिकापुर अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै साँझ ७ बजेको समयमा भजनी नगरपालिका–८ मोहानपुर बस्ने ७५ वर्षीया काली चौधरी पनि मृत फेला परेकी छिन् । उनको शव घरको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको थियो । उनको शव पनि परीक्षणका लागि टीकापुर अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

यता धनगढी उपमहानगरपालिका–७ देवरियाकी १६ वर्षीया नम्रता चौधरीको शव साँझ ९ बजे फेला परेको थियो । घटनास्थलको अनुसन्धानपछि उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको कैलाली प्रहरीले जनाएको छ । साथै ३ ओटै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post