
दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।कञ्चनपुर – आँगनभरि अक्षता, किनारमा आगोको धुनी, छेउमै आगोमा हालेर रातो बनाइएका फलामका डन्डी ।
बीचमा महिलाको शव । शवको वरिपरि तीन जना धामीझाँक्री कामिरहेका थिए । ‘यो हामीले गरेको, हामी नै ठीक पार्छौं,’ उनीहरू भनिरहेका थिए । शव गन्हाइसकेको थियो । तैपनि केही क्षणमा होसमा ल्याउने भन्दै हल्लिइरहेका थिए ।कञ्चनपुरको वेदकोट नगरपालिका–६ का वडा सदस्य धनसिंह पुजाराले शनिबार दिउँसो कमला साउदको घरमा देखेको दृश्य यही हो ।
मुसेपानीमा धामीझाँक्रीको कुटपिटबाट एक महिलाको मृत्यु भएको खबर सुनेपछि उनी त्यहाँ पुगेका थिए । झाँक्रीको कुटपिटबाट ४२ वर्षीया रञ्चुला साउदको बिहीबार नै मृत्यु भएको थियो । शव गन्हाएको अवस्थामा आँगनमै राखिएको थियो ।
शरीरभरि घाउ र फलामको डन्डी तताएर पोलेका डाम थिए । ‘बिहानै मेरो घरमा एक–दुई जना आएर साउदको घरमा यस्तो भएको छ भने,’ वडा सदस्य पुजाराले भने, ‘म त्यहाँ जाँदा धामीहरू मैमाथि खनिए, त्यसपछि प्रशासनमा फोन गरेर प्रहरी बोलाउनुपर्यो।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत चुरेको बत्छेला क्षेत्रमा पदमार्ग निर्माणको काममा खटिएकी मजदुर थिइन् रञ्चुला । एकल महिला उनी ज्याला–मजदुरी गरेर दुई छोरी र आफ्नो गुजारा गरिरहेकी थिइन् । श्रीमान्को ७ वर्षअघि भारतमा मृत्यु भएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******