धरानमा ९९ वर्षीया वृद्ध आमालाई कुटने विरवहादुर पक्राउ प्रकाशित

धरानमा ९९ वर्षीया वृद्ध आमालाई कुटेकाे आराेपमा एक युवा पक्राउ परेका छन् । आमा भक्तिमाया राईलाई कुटेको आराेपमा धरान १३ का ३८ वर्षीया विरवहादुर राईलाई पक्राउ गरेकाे धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए।

वृद्धाले भनिन् मलाइ डोरी, पटुका बाँधेर पटक पटक कुट्नुका साथै लुगा फुकाएर ढाडमा राताम्मे हुने गरि पिटे । वृद्धाले इलाका प्रहरी कार्यालय धरानमा ढाडका डाम देखाउदै प्रहरी समक्ष उजुरी गरेकी थिइन् ।

यस्तै, विरबहादुरले वृद्धलाई खान किन दिएको? त को होस् भन्दै छिमेकी २८ वर्षकी पूजा राईलाई रोडमा ल्याएर जगाटेर कुटपिट गरी घाईते बनाएका हुन्। घाइते पूजाको गालामा , टाउकोमा र घुडाँमा चोट लागेको छ।

भने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीको भनाई छ । विरबहादुरले प्रहरीलाई आमाले जथाभावी बोल्ने नातिनी कुट्ने र पहिला श्रीमानलाई पनि कुट्ने भएकाले आमालाई तह लगाउँनु बाँधेको बताएका थिए 

छिमेकी र वृद्ध मिलेर इलाका प्रहरी कार्यालय गएर उजुरी गरेका हुन् । पूजा र वृद्ध भत्तिमायाको आफ्नै छोरी र छोराहरु दुबै पक्षलाई राखेर भोली छलफल गरेपछि मात्र प्रक्रिया अगाडी बढाउने प्रहरीले जनाएकाे छ

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post