पोखराबाट चार दिनदेखि हराएकी नौ वर्षीया सुशिला खोंचमा…

विद्यालयबाट घर फर्कदै गर्दा चार दिनदेखि हराएकी नौ वर्षीया एक बालिका आज पोखरामा मृत भेटिएकी छिन। पोखरा महानगरपालिका वडा १४

चाउथेस्थित रामेस्वरी माद्यामिक बिद्यालयको कक्षा १ मा अध्ययनरत नौ वर्षीय बालिका सुशिला ओली मृत भेटिएकी हुन्।चर दिन अघिदेखि बेपत्ता रहेकी उनी पोखरा महानगरपालिका वडा नम्बर १४ समिनतरास्थित खहरेखोलाको खोंचमा आज दिउसो मृत भेटिएकी थिइन्।

गएको चैत २९ गते बिद्यालयमा संचालित परिक्षा दिएर घर फर्किए पश्चात बालिका दिउसो करीब साढे तीन बजेदेखि बेपत्ता थिइन्।बालिका बेपत्ता भएपछी खोजी गर्दा गएका उनका आफन्तले आज बालिकालाई करीब १० मिटर तल खोंचमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

तत्पश्चात घटनास्थलमा पुगेका प्रहरीले शबलाई भर्याङ प्रयोग गरेर बाहिर ल्याइएको प्रहरीले जानकारी दिएको छ।त्स खोंचमा बालिका कसरी पुगिन ? उनको ह त्या भएको हो कि भबितब्य मृत्यु हो भन्ने बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post