
कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध सहित ४ जना पक्राउ परेका छन। कञ्चनपुरका विभिन्न स्थानबाट लागूऔषधसहित ४ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–३ नौलाखेतबाट बिचपुरीका २० वर्षीय आवेश चौधरी, २४ वर्षीय रोहित खत्री, २९ वर्षीय दिपक ऐडी र बेदकोट नगरपालिका-९ का २४ वर्षीय अनिल विष्ट रहेका छन्।चौधरीको साथबाट ०.५४ ग्राम खैरो हेरोइन, सुपप्र ०२००३ प ९३०६ नम्बरको पल्सर मोटरसाइकल, खत्री र ऐडीको साथमा रहेको।
४.५९ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै अनिल विष्टको साथबाट ३.७४ ग्राम चरेश बराम गरिएको जिल्ला प्रहरी कार्यालय कञचनपुरले जनाएको छ। उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।