ओठ सुक्ने समस्याले हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

काठमाडौँ । ‘ओठ’ भन्ने वित्तिकै सौन्दर्यतालाई झल्काउँछ। त्यसैले मानिसहरु आफ्ना ओठमाथि विशेष ध्यान पु-याउने गर्छन्। तर पनि मानिसहरु ओठ सुक्ने समस्याले हैरान हुन्छन्।

प्रायः गर्मी तथा जाडोयाममा मानिसहरुमा ओठ सुक्ने समस्या देखापर्दछ।कतिपयको त ओठ सुकेर रगत पनि बग्ने गर्छ। त्यति मात्र होइन, ओठको समस्याले मुखै छोपेर हिड्ने बाध्यता सिर्जना हुन्छ। जसले मानिसहरु निकै आजित भएका हुन्छन्। ओठ सुक्ने समस्या विभिन्न कारणहरुले हुनसक्छ । तर यसबाट बच्न निम्न प्रकारका उपायहरु अपनाउन सकिन्छ :

शरीरमा पानीको कमिले ओठ सुक्ने गर्दछ । त्यसैले शरीरमा पानीको कमी हुन दिनु हुँदैन। शरीरमा पानी सुक्ने समस्याले डिहाइड्रसन पनि निम्तिन्छ । जसकारण ओठ सुक्ने गर्दछ।टुथपेस्टका कारण पनि ओठ सुक्ने समस्या हुनसक्छ। शारीरिक अस्वस्थताका कारण पनि ओठ सुक्ने समस्या हुन्छ । त्यसैले यसबाट सचेत हुन जरुरी छ।

भिटामीन ‘ए’ र ‘बी’ को कमिले पनि ओठ सुक्ने हुनाले खानामा विशेष ध्यान पु-यानुपर्दछ । ओठ सुक्ने अर्को कारण भनेको ‘अल्ट्राभ्वाईलेट’ पनि हो । धेरै बेरसम्म अल्ट्रभ्वाईलेट किरणमा बस्दा ओठ सुक्ने समस्या हुनसक्छ । यसबाट बच्न लिपबाम लगाउनुपर्दछ।

मुखबाट स्वास लिने बानीले पनि ओठ सुक्खा बनाउँछ । ओठ फुट्ने समस्या पनि आउने हुनाले नाकबाट स्वास लिनुलाई राम्रो मानिन्छ।

ओठ सुकेपछि प्राय मानिसहरुले जिब्रोको सहायताले ओठलाई चिसो बनाउने गर्दछ। कतिपयले त दाँतले टोक्ने पनि गर्छ जसले गर्दा रगतै निस्किन्छ । त्यसैले ओठ संवेदनशिल अँग भएकाले विशेष ध्यान दिनुपर्छ

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post