
एउटै कोठाबाट एक महिला र तीन पुरुष पक्राउईलाका प्रहरी कार्यालय धरानले श्रीमान श्रीमतीलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्य दुई युवा रहेका छन्।पक्राउ पर्नेमा धनकुटा घर भई हाल धरान -१३ मा कोठा लिई बस्ने ५० वर्षीय काले बहादुर तामाङ र कालेकी
श्रीमती ३९ बर्षीया मुना तामाङ रहेका छन् । २० बर्षीय अभिषेक खड्का र २१ बर्षीय मौषम नेपालीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
लागूऔषध ब्राउनसुगरको कारोबार भई रहेको भन्ने बिशेष सूचनाका २४ गते राती पौने १२ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जाँचको क्रममा पक्राउ परेकाहरुको साथबाट २ ग्राम लागुऔषध ब्राउनसुगर फेला पारी बरामद गरीएको हो । लागूऔषध सहित पक्राउ परेका चारै जनालाई सुनसरी जिल्ला अदालतबाट म्याद थपेर अन्य अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।