दुखद खबर : आफन्त भेट्न गएका श्रीमान-श्रीमती दुवै जंगलमा मृत अवस्थामा फेला परे पछि..

बुटवलमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् ।बुटवल उपमहानगरपालिका–७ शिवनगर जंगलमा बुटवल–११ बस्ने ६० वर्षीय काजिमान श्रेष्ठ र उनकै श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।*****भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

उनीहरु शनिबार मृत अवस्थामा फेला हुन् ।घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका उनीहरू घर नफर्किएपछि खोजी गर्दै जाँदा आइतबार मृत फेला परेको प्रह”रीले जनाएको छ।

उनीहरूका छोराहरू वैदेशिक रोजगारीमा रहेको र घरमा छोरी तथा बुहारीसँगै बस्दै आएको प्रहरीले जनाएको छ। उनीहरूको शवनजिकै शिशाका बोत्तल, रक्सीलगायतका वस्तु फेला परेकाले उनीहरूले सामूहिक रूपमा आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरू गरेको जनाएको छ।

अन्य खबर : बागमती प्रदेशको राजधानी हेटाँैडा र सिन्धुली जोड्ने सडकखण्डअन्तर्गत बागमती नदीमा पक्की पुल निर्माण भएको छ । सिन्धुलीको हरिपुरगढी गाउँपालिका–४ तथा मकवानपुरको बागमती गाउँपालिका–४ जोड्ने बागमती नदीमा पक्की पुल निर्माण भएको मदन भण्डारी राजमार्ग योजनाको कार्यालय हेटाँैडाले जनाएको छ । पुल निर्माणले सो क्षेत्रको आवागमन सहज भएको छ ।

विसं २०६८ असार २९ गतेदेखि सुरु भएको सो पुल ११ वर्षपछि निर्माण भएको र सो पुलबाट सवारी साधन आवागमन सुरु भएको छ । सडकको दायाँबायाँ एप्रोच सडक कालोपत्र र तटबन्ध निर्माणको काम पनि भइरहेको छ ।

जम्मा ११ वटा स्पान रहेको पुलको लम्बाइ ४०५ मिटर लामो रहेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले बताउनुभयो । सो पुल निर्माण सम्पन्न भएपछि प्रदेश राजधानी हेटौँडा जान सिन्धुली, रामेछाप, काभे्र र दोलखालगायतका जिल्लालाई सहज भएको छ । सो क्षेत्रमा पुल नहुँदा नदी तरेर जानुपर्ने बाध्यता थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post