काठमाडौको ब्यस्त असनबाट दुईजना पक्राउ

नेपाल प्रहरीले काठमाडौ को ब्यस्त असनबाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसे वाबाट खटिएको टोलीले 

रु २३ लाख ५५ हजार ३००मूल्य बराबरको कपडासहित काठमाडौँ महान गरपालिका-१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाडौँ महानगरपा लि का-१८ बस्ने ३८ वर्षीय सन्दीप कुमारलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भन्सार छली गरेर ल्याएको लत्ताकपडा सहित उनीहरु लाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उक्त कपडा अग्रवालले काठमाडौँ महानगर पालिका-२४ असनस्थित सञ्चालन गरेको हनुमान ट्रेड कन्सर्न पसलको गोदाममा फेला परेको प्रवक्ता मैनालीले बताउनुभयो ।पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तीनजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नौकुण्ड गाउँपालिका–१ रसुवा घर भएका ३२ वर्षीय सुकुराम लामा, नौकुण्ड गाउपालिका–६का २७ वर्षीय पेम्‍मा थोक्रा र नौगुण्ड गाउँपालिका–६ रसुवाकाका २२ वर्षीय बुद्धिमान तामाङ रहेका छन् ।

एयर अरेबियाको विमानबाट सारजहाबाट आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आग मन टनेल गेटबाट २९९.८८ ग्राम सुन सहित पक्राउ गरेको हो ।सुकुरामले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईव टा सिक्री, पेम्बा थोक्राले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा।

सिक्री र बुद्धिमान तामाङले लगाएको जिन्सपा इन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री गरी ६ वटा सुनको सिक्री बरामद भएको छ ।पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post