काठमाडौंबाट पक्राउ परे अचम्मको समुह, पैसा कमाउने तरीका पनि गजबको रहेछ.. हेर्नुहोस

तपाईँले कहीँ कतै घरमा नै बसेर जागिर दिने भन्ने सूचना पढ्नु भएको छ? त्यस्तो सूचनाकै भरमा कति त जागिर खोज्दै पुग्‍नु पनि भएको होला।

यस्तै जागिरको लोभ देखाएर ठगी हुने गरेको खुलेपछि महानगरीय अपराध महाशाखाको टोलीले ‘जब सेन्टर’ खोलेर ठगी गर्ने एउटा गिरोह नै पक्राउ गरेको छ।प्रहरी टोलीले काठमाडौंको कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजु लगायतका स्थानबाट ठगीमा सक्रिय ब्यक्तिहरु पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अर्घाखाँची छत्रदेव गाउँपालिका अमर पाण्डे, तिलकराम पाण्डे, लमजुङ दूधपोखरी गाउँपालिका आनन्द मरहठ्ठा, सिराहाका सिराहा नगरपालिका घर भएका विवेक यादव, ओखलढुङ्गा सिद्धिचरण नगरपालिकाका अश्विन राई, सिन्धुली फिक्कल गाउँपालिकाका घनश्याम पहाडी, रौतहट चन्द्रपुर नगरपालिकाका सृजना लामिछाने, मोरङ विराटनगर ज्ञानु न्यौपाने र रौतहट मौलापुर गाँउपालिका रामवचन कुमार यादव रहेका छन्।

उनीहरुले संचालक गरेको कम्पनीले विभिन्न सुचना जारी गरेर जागिर लगाइदिने भन्दै ठगी गरेको उजुरी प्रहरीमा परेको थियो। सम्पर्कमा आउने व्यक्तिलाई फारम भर्ने लगाइ तीन सयदेखि पाँच सयसम्म फारम शूल्क चार्ज र एक हजारदेखि ६ हजारसम्म जब ग्यारेन्टी शुल्क लिने गरेको खुलेको छ।

सर्वसाधारणबाट त्यसरी पैसा लिएपछि उनीहरू कोही भाग्ने, कसैलाई काममा लगाउने र लगाइहाले पनि तोकिएको तलब-सुविधा नदिई केही समयमै जागिर छोड्न बाध्य बनाउने गरेको पाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर बताउँछन्।

कुनै एक जब सेन्टरमा फारम भर्दा दर्ता गरिसकेको व्यक्तिलाई तपाईंको जागिर पक्का भइसकेको छ भनी एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाएर त्यहाँसमेत फारम शुल्क असुल्ने गरेको पाइएको छ,’ कुँवर भन्छन्। पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि नयाँ बानेश्वर वृत्त र बालाजु वृत्तमा पठाइएको महाशाखाले जनाएको छ।

उपत्यकाका विभिन्न स्थानमा जागिर लगाईदिने प्रलोभनमा ठगि भईरहेको पाईएकाले रोजगारदाता कम्पनिको पृष्ठभुमि अध्ययन गर्न आम सर्वसाधारणलाई महाशाखाले अनुरोध समेत गरेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post